काठमाडौ। नेपाली चलचित्रको इतिहासमा ग्ल्यामर ड्यासिङ सिन दिने पहिलो भिलेनका रुपमा अत्यन्त ख्याति कमाएका अभिनेता पवन जोशी हुन्। अभिनेता पवन जोशीलाई जस्तोसुकै अभिनयमा पनि स्वभाविक अभिनय गर्ने कलाकारका रुपमा लिइने गरेको छ।

आजभन्दा २० बर्षअगाडि चलचित्र कैदीको भूमिकामा ड्यासिङ खलनायिका सरितासिंह थारुसंग ड्यासिङ भिलेन बनेर उनीसंगै ग्ल्यामर रोल गर्ने भिलेनको रुपमा पवन जोशीलाई नै लिइने गरेको छ। त्यसअघि कुनै भिलेनले त्यसरी ड्यासिङ ग्ल्यामर रोल गरेको पाइएको छ्रैन्।

चलचित्र कैदीमा अभिनेता पवन जोशीले त्यसरी ड्यासिङ ग्ल्यामर भिलेन बनेर खेलेको त्यो प्रभाव पछि भिलेनलाई पनि ग्ल्यामर बनाउन सकिन्छ भन्ने नेपाली चलचित्रमा अवधारणा पैदा भएको हो। यसअर्थले पनि नेपाली चलचित्रको पहिलो ड्यासिङ ग्ल्यामर भिलेन पवन जोशी हो भन्न सकिने पर्याप्त आधार बनेको छ।

Mr.Pawan Joshi with M/s Sarita Singh Tharu in Nepali Film Kaidi

यिनै ड्यासिङ भिलेन पवन जोशीले चलचित्र कैदी पछि भने, ड्यासिङ भिलेन बनेर अन्य नेपाली चलचित्रमा अभिनय गरेका छैनन्। त्यो २० बर्ष लामो क्रमभंगतालाई चिर्दै उही क्रेज तथा स्वभाविक अभिनयमा पवन जोशीले नयाँ नेपाली चलचित्र मेरो प्यारो भाईमा ड्यासिङ भिलेन बनेर अभिनय गरेका छन्।

उही पुरानै जोशमा पवन जोशी चलचित्र मेरो प्यारो भाई मार्फत फेरि ड्यासिङ भिलेन बनेर कमब्याँक बनेका छन्। चलचित्र मेरो प्यारो भाईमा पवन जोशीको प्रभावकारी भूमिका रहेको छ। लिड रोलमा रहेको चलचित्र मेरो प्यारो भाईको भूमिकाले हिरो भन्दा पनि भिलेन पनि चलचित्रमा प्रभावकारी हुन्छ भन्ने तथ्यलाई फेरि यस चलचित्रले पुष्टि गर्ने भएको छ।

यसअघि चलचित्र ऐश्वर्यमा ड्यासिङ ग्ल्यामर भिलेन प्रशान्त ताम्राकारवाट पुष्टि भएको छ। प्रशान्तको अगाडि चलचित्र ऐश्वर्यका हिरो रमेश उप्रेती फिक्का–फिक्का बनेजस्तै चलचित्र मेरो प्यारो भाईमा पवन जोशीको अगाडि यस चलचित्रको हिरो फिक्का–फिक्का हुने निश्चित रहेको छ।


प्रकाशन मिति–२०७४ साल मंसीर ११ गते सोमवार ।