काठमाडौं। नेपाली चलचित्रको इतिहासमा हालसम्मकै सर्वाधिक लगानी नेपाली चलचित्र पासवर्डमा भएको छ। यस चलचित्रमा ३० करोड लगानी भएको हो। यस चलचित्रमा आइटम डान्स तथा स्पेशल एपिरेन्समा देखा परेकी बलिउड स्टार तथा पूर्व पोर्न स्टार सन्नी लियोनीलाई मात्र २ करोड भारतीय रुपैया
पारिश्रमिक दिएको खवर रहेको छ।

बेलायतमा लगभग संपूर्ण छायाँकन संपन्न गरिएको यस चलचित्रको प्रदर्शन यो नयाँ बर्ष सन् २०१९ सालको जनवरीवाट गर्ने टार्गेट गरिएको छ। यस चलचित्रमा आइटम डान्स गरेकी बलिउड स्टार अभिनेत्री सन्नी लियोनीले आफूले नाचेको गीत असाध्यै मन परेको तथा फिल्म पनि राम्रो भएको भनेर प्रशंशा गर्दै ट्वीट समेत गरेकी छन्।

 

सम्राट बस्नेतले निर्देशन यस चलचित्र पासवर्ड संगीतकार अर्जुन पोखरेलको संगीत छ भने विक्रम जोशीको शव्द छ। आइटम गीतमा दुर्गा खरेलले आवाज दिएकी छन् भने संगीत संयोजन महाराज थापाले गरेका छन्। कोरियोग्राफी विष्णु देवाको रहेको छ। चलचित्र ‘पासवर्ड’मा अनुप विक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, लिशा सुनार, परी राणालगायतका कलाकारहरुको अभिनय रहेको छ।

चलचित्र पासवर्डमा ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा रहेको छ। यस चलचित्रलाई नेपालको चलचित्र विकास बोर्डसहित व्रिटिस फिल्म इन्स्च्यिुटमा समेत दर्ता गरेर निर्माण गरिएको बताइएको छ।


प्रकाशन मिति–२०७५ साल मंसीर २ गते आइतवार ।