????????????????????????????????????

काठमाडौ। नेपाल चलचित्र कलाकार संघको १४ औ अधिवेशन तथा साधारण सभाको उद्घाटन नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा संपन्न भएको छ। काठमाडौको प्रदर्शनी मार्ग स्थिन नेपाल पुलिस क्लबमा आयोजित उक्त कार्यक्रमको उद्घाटन पश्चात उपराष्ट्रपति पुनले कलाकार राज्यको गहना मात्रनभइकन प्रमुख अंग नै भएको दावी गरेका छन्।

Nawal Khadka.1

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले समारोहमा आफ्नो कार्यकाल अत्यन्त कठिन समयभएतापनि सफल बनाउन आफूले कुनै कसर बाँकी नराखेको विवरणै सुनाउन पछि परेनन्। सोही समारोहमा नेपाल चलचित्र कलाकार संघले प्रंधानमन्त्री दैबी प्रकोपा कोषमा नगद १ लाख हस्तान्तरण गर्ने कार्य पनि गरियो।

कलाकारहरुको हक, हितको लागि समर्पित नेपाल चलचित्र कलाकार संघको साधारण सभामा स्थापित कलाकारहरुको खासै उपस्थिति नदेखिदा भने आमन्त्रित धेरैले आश्चर्य मानेको पाइयो।

Nepal Film Artists' Association 2अधिकाँश कलाकार संघको चुनावी माहोलमा देखिएतापनि स्थापित कलाकार चुनावी मैदानमा त्यति देखिएन। कार्यक्रममा संघकी पूर्वअध्यक्ष तथा बरिष्ठ अभिनेत्री बसुन्धरा भूषालले कलाकार कुनै पार्टीको नहुने देशको हुने धारणा पोखेकी छन्।

 

प्रकाशन मिति–२०७२ साल मंसिर २६ गते शनिवार ।