Namaste-Nepal 2 Namaste-Nepal 1

काठमाडौ। नेपाली कथानक चलचित्र नमस्ते नेपालको पहिलो ट्रेलर तथा दुई गीत सार्वजनिक गरिएको छ। काठमाडौमा आयोजित विशेष समारोहमा ट्रेलर तथा दुई गीत सार्वजनिक गरिएको जानकारी चलचित्र नमस्ते नेपालका निर्देशक राजु शाहले दिएका छन्।

Namaste Nepal 4प्रदीपकुमार उदय, श्रीजु शाह तथा मन्दिरा श्रेष्ठको संयुक्त लगानीमा निर्मित चलचित्र नमस्ते नेपालको प्रदर्शन नेपाल बाहिर युरोपवाट शुरु गरिने भएको छ। निर्माता प्रदीपकुमार उदयले चलचित्र नमस्ते नेपाल पहिला युरोपका देशवाट रिलिज हुने र २०७३ सालको साउन महिनावाट मात्र नेपालमा प्रदर्शन गर्ने भनेका छन्।

Namaste Nepal 2

चलचित्र नमस्ते नेपालमा सविन श्रेष्ठ, गोपाल ढकाल छन्दे, सनमकुमार बैरागका साथमा बेल्जियवाट श्याम श्रेष्ठ, आना, अडी, जर्ज लगायतका कलाकारहरुको अभिनय रहेको छ। बेल्जियम, फ्रान्स र युरोपियन मुलुकमा शुटिङ्ग गरिएको नमस्ते नेपाल करिब ७५ लाख लगानीमा निर्माण भएको पनि ट्रेलर तथा गीत सार्वजनिक समारोहमा निर्देशक राजु शाहले भनेका थिए।

बसन्त सापकोटा र ओम सुनारको संगीत रहेको नमस्ते नेपालमा प्रल्हाद तिमिल्सिना, मिलन अमात्य, राजेशपायल राई लगायतका गायक–गायिकाको गायन रहेको छ।

प्रकाशन मिति–२०७२ साल माघ २६ गते मंगलवार ।