काठमाडौ। बलिउड भारतमा बर्षभर ६ हजार चलचित्र निर्माण हुने गरेको र त्यतिधेरै संख्यामा निर्माण भएका चलचित्र मध्ये केहीले मात्र सफलता पाउने गरेको तथ्य उजागर भएको छ। जुन तथ्यलाई नेपालमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले गरेका हुन्।

चलचित्र भीमसेनको पत्रकार सम्मेलन तथा शुभमुहर्त कार्यक्रममा अध्यक्ष अधिकारीले चलचित्रको त्यति धेरै मार्केट भएको भारतमा संख्यात्मक रुपमा धेरै चलचित्र निर्माण भएतापनि कमै चलचित्रले मात्र सफलता प्राप्त गर्ने गरेतापनि त्यहाँका चलचित्र निर्माताहरु सदा सेभ नै हुने गरेको खुलासा गरेका छन्।

हलमा चलचित्रको सार्वजनिक प्रदर्शनवाट सफलता प्राप्त नभएतापनि विभिन्न तकनिकी तथा प्रविधिको माध्यमवाट उनीहरु मुनाफामा नै हुने गरेको बताउंदै अध्यक्ष अधिकारीले नेपालमा पनि नेपाली चलचित्रको भविष्यलाई बक्स अफिस लागू भएयता क्रमिक रुपमा हुने र निर्माताहरु मारमा नपर्ने अधिकारीको बुझाई रहेको छ।

नेपालका चर्चित चलचित्र निर्माता, वितरक तथा प्रदर्शक गोपालकाजी कायस्थले चलचित्र चलाउन सवैभन्दा पहिला राम्रो चलचित्र नै निर्माण हुनुपर्ने तथा निर्माण लागतको २५ प्रतिशत रकम प्रचारमा खर्च गर्न सकेमा चलचित्रले राम्रो व्यापार हुने र त्यसवाट राम्रो कमाई पनि हुने निश्कर्ष निकाले। कार्यक्रममा चलचित्र भीमसेनको शुभमुहर्त समेत गरिएको थियो।

चलचित्र भीमसेन कमेडी, लभ र एक्सन प्रधान रहेको चलचित्र निर्माण युनिटले भनेको छ। चलचित्रको निर्माता कला राई र निर्देशक भोमान कटुवाल रहेका छन्। संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्रकुमार राईलगायतका कलाकारहरुको अभिनय रहने भएको छ। चलचित्र भीमसेनको छायांकन यही आउने चैत्र महिनाको पहिलो हप्तावाट हुने भएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन २९ गते मंगलवार ।