neta-patniharuकाठमाडौ। नेपाली जनताको नाममा राजनीति गर्ने नेपाली नेताका जीवन संगीनीका बास्तविक परिचय कतिलाई थाहा नहुन सक्छ। यी नेताका जीवन संगीनी अर्थात पत्नीका यथार्थताले पनि ती नेताका सफलतालाई आँकन गर्न सकिन्छ।

श्रीमानको सफलतामा श्रीमतीको हात हुन्छन भन्ने नेपाली उखान नै रहेको छ। यो उखानलाई नेताका यी जीवन संगीनीहरुले कतिको सफलताको चुचुरोमा पु¥याएका छन् या पातालमा पु¥याएका छन् भन्ने विषयमा समयले नै भन्नेछन्। यद्यपि, यदाकदा यी नेता पत्नीका विभिन्न चर्तिकलाले समय समयमा स्थान पाइरहेका हुन्छन्।

prachanda_sita

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनीको नाम सीता दाहाल हो । सीताको प्रचण्डसँग मागी विवाह भएको हो । चितवन माइती रहेकी सीता प्रचण्डसँगै लामो समय भूमिगत जीवन विताइकी महिला हुन् । भूमिगत जीवन बिताउँदा समेत उनले प्रचण्डको सहयोगीको भूमिकामा पार्टीको जिम्मेवारी पूरा गरेकी थिइन्।

सामान्य ग्रामीण परिवेशमा हुर्किएकी सीता पछिल्ला १० वर्ष प्रचण्डको कार्यव्यस्तता बढेसँगै घरमा गृहणीको भूमिकामा बढी भेटिन्छन् । सामान्य साक्षर मात्रै रहेकी सीताले स्कुल गएर अध्ययन गरेकी छैनन्। अर्कोतर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राजनीति र विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुमा समेत संलग्न रहेकी छन्। उच्च बौद्धिक बर्गकी आरजु राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा आफ्नो अलग्गै पहिचान बनाउन सफल महिला नेतृ हुन् ।

1-deuwa_rjuपार्टीको कामको अलावा उनी विभिन्न अन्य संघ संस्थाको काममा क्रियाशील देखिन्छिन् । व्यवस्थापिका संसदमा सांसद समेत रहेकी उनी ‘साथी’ नामक गैरसरकारी संस्थाको प्रमुख, समानता इन्स्च्यूटको डाइरेक्टर, सेफ मदरउड फेडेरेशनको चियर पर्सन, ग्रामीण महिला विकास कार्यक्रमको फाउण्डर तथा युनिटी सेन्टरको चियर पर्सन समेत हुन् ।

त्यसका साथै समाजिक सेवा सम्बद्ध गैरसरकारी संस्थामा अनुसन्धानमुलक विषयकोवारेमा विज्ञ तथा ट्रेनर पनि हुन् । हाल उनी काठमाडौको जोरपाटीमा रहेको नामी कलेजको चियर म्यान पनि रहेकी छन् । पञ्जाव युनिभरसिटीवाट साइकोलोजीमा पीएचडी गरेकी आरजु कांग्रेसको सफल नेता, व्यवसायी, समाजसेवी समेत हुन् । काठमाडौं ललितपुरमा जन्मिएकी देउवा आर्थिकरुपले ठूलो रकम परिचालन हुने दर्जनौ संघ संस्थामा जोडिएकी छन् ।

madhab_gayatri

नेकपा एमालेको निवर्तमान अध्यक्ष तथा बर्तमान बरिष्ठ नेता माधवकुमार नेपालकी जीवन संगिनी गायत्री आचार्य नेपाल हुन्। उनी पेशाले कर्मचारी हुन् । उनले राष्ट्रिय वाणिज्य बैकको डेपुटी डाइरेक्टर पदमा रहेर लामो समय सेवा गरेकी थिइन्। हाल उनी बैकिङ्ग सेवावाट रिटायर्ड बनिसकेकी छन्। यतिबेला उनी पार्टीको वन तथा वातावरण विभागमा रहेर काम गरिरहेकी छन् ।

आजभोली पार्टी विभागको काम का साथै घरायसी काममा समय बिताउँछिन । उनका छोराबुहारी अध्ययन र कामको लागि अस्ट्रेलियामा बस्ने गर्दछन् । छोरीले विवाह गरेर घरजम गरेपछि परिवारका अरु सदस्य घरमा नभएपछि पनि उनी घरको आन्तरिक काममा आफै सक्रिय हुन्छिन् । उनको बारेमा जानकारहरुका अनुसार विद्यार्थी जीवनको क्रममा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूमासमेत जोडिएर काम गरेकी थिइन् ।

शंकरदेव क्याम्पसको तत्कालीन कोषाध्यक्षमा विजेता भएपछि संगठनको कामका सिलसिलामा माधव नेपालसँग भेटभएको थियो । झापामा जन्मिएकी गायत्री र पार्टी नेता माधव नेपालको बिचमा प्रेम भएको थियो तर विवाह भने मागेर भयो । पार्टीले नै उनीहरुको विवाहको लागि सबै वातावरण मिलाएको थियो ।

oli_shakya

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी जीवनसंगिनी राधिका शाक्य नेपाल राष्ट्र वैकमा पहिलो श्रेणी अफिसर थिइन् । उनी सेवाबाट रिटायर्ड भएको चार बर्ष हुन लाग्यो । जागिरबाट रिटार्यड भएपछि गृहिणीको भूमिकाबाहेक उनको अरु कुनै पेशा वा व्यवसाय अपनाएकी छैन । घरमा आउने पाहुना र नेता कार्यकर्ताहरुको स्वागत गर्ने र घरका सदस्यको खानपिनको काममा नै प्रायः उनको दैनिकी बित्छ ।

एमाले अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आर्चायका अनुसार शाक्य एमालेको संगठित सदस्य समेत हुन्। संगठित सदस्य भएपनि कुनै जिम्मेवारीमा उनी छैनन् । राजनीतिक कार्यक्रम तथा मुख्य त महिला संगठनको कार्यक्रममा शाक्य पुग्छिन् । उनको माइतीघर ललितपुरको मंगलबजार हो । वि.सं. २०४३ सालमा उनको विवाह ओलीसँग पार्टीको अनुमतिमा भएको हो ।

1-baburam_hishilaनयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टराईकी जीवन संगिनी हुन हिसिला यमी । उनी तत्कालीन माओवादीले संचालन गरेको जनयुद्धमा सामेल भएकी महिला नेतृ हुन् । माओवादी जनयुद्ध हुनुभन्दा अगाडि उनी काठमाडौं पाटन क्याम्पसमा अध्यापन कार्यमा व्यस्त थिइन् । माओवादी जनयुद्धको सुरुवातदेखि नै माओवादीमा सक्रिय रुपमा लागेकी उनी अन्य नेताजस्तै भूमिगत जीवन लामो समयसम्म विताउने नेतृमा पर्छिन् ।

हिसिलाले पार्टी र महिला संगठनमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेकी गर्दै आएकी छन् । जनयुद्धको आँधीबेहेरीबाट खारीएकी यमी राजनीतिक रुपमा अहिले पनि सक्रिय रहेकी छन् । दोस्रो संविधानसभाबाट संविधान घोषणा भएपछि माओवादीबाट अलग्गिएर बाबुरामले नयाँ शक्ति नेपाल पार्टी खोलेसँगै उनी पनि त्यतै गइन् ।

हाल उनी केन्द्रीय परिषद सदस्य तथा अन्तराष्ट्रिय विभागको प्रमुखको जिम्मेवारीमा रहेकी छन् । उनको विवाह बाबुराम भट्टराईसँग जनवादीरुपमा भएको थियो ।
नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलकी जीवन संगीनी हुन्–सविता पौडेंल । उनी घर भित्रको काम गर्नमा रमाउने स्वभावकी छन् ।ramchanda_sabita

पार्टीका कार्यक्रम र जमघटहरुमा भन्दा पनि उनले घरमै बसेर आफ्नो काम गर्ने गरेको देखिन्छ । पार्टीको क्रियाशील सदस्यसमेत रहेकी पौडेल कार्यक्रमहरुमा त्यति नगए पनि घरमा आउने नेता कार्यकर्ताहरुको भने आफैले खाजा नास्ता बनाएर स्वागत गर्ने गर्छिन्। उनको परिवारमा ४ छोरी र एक छोरा रहेका छन् । तनहुँ माइती भएकी सविताको पौडेलसँग परम्परागत ढंगले मागी विवाह भएको थियो।
प्रकाशन मिति–२०७३ साल असोज १३ गते विहीवार ।