nepali-neta-fashions-1काठमाडौ। नेपाली जनताको नाममा राजनीति गर्ने र भकारी आफ्नै नाममा मात्र भर्ने नेताहरुको कारण राजनीतिप्रति नेपाली जनताको निराशा दिनप्रतिदिन चुलिदै गएको छ। गणतन्त्रपछिको नेपाल र नेपाली जनताको चाहनालाई चुनावको बेलामा आकाशको तारा झारिदिन्छु जस्तो आश्वासन दिने तिनै नेतालहरुले चुनावपछि केही नगर्दा त्यसरी यतिधेरै निराश बढेको हो।

sushil-koirala

यिनै आजका नेताहरु हिजोका आम जनता नै हुन । उनीहरुका पनि रहर थिएहोला । रुचि होलान। त्यो रुचि कस्ता थिए भन्ने कुरा कतिपयलाई थाहा नहुन सक्छ । गणतन्त्रपछि नेपाली जनताको नाममा सपना बाँडेर रातारात ठूला नेता बनेका नेपाली राजनीतिका परमबीर नेताका रुचिका कुरा पनि गजबै पाइएको छ । नेपाली कांग्रेसका दिवंगत सभापति सुशील कोइराला राजनीतिमा आउनुभन्दा अघिको रुचि हलिउडको हिरो बन्न चाहन्थे ।

 

सानोमा कोइरालाले रङ्गमञ्चमा अभिनय गर्ने तथा फोटोग्राफर बन्ने कोशिश गरेका थिए । हिरो बन्ने सपना बोकेर अमेरिका जान लाग्दा राजा महेन्द्रले वि.सं. २०१७ सालमा राजनीतिक–कुगरेपछि उनको सपना चकनाचूर भयो । हिजोआजको बुढ्यौलीपन तथा राष्ट्रकै प्रमुख कार्यकारी नेतृत्वको व्यस्तता एवम् तनावपूर्ण समयमा पनि प्रधानमन्त्री कोइराला राति अबेरसम्म अभिताभ बच्चन पुस्ताका हिन्दी फिल्महरु नियमित हेर्ने गर्दछन् ।

prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा बर्तमान प्रधानमन्त्री प्रचण्डको कुरा कोइरालाको भन्दा अलि फरक छ । प्रचण्डको लगाउने कुरामा विशेष रुचि छ। खानामा खासै ख्याल नगर्ने प्रचण्डको अर्को रुचि भनेको अत्याधिक संवाद हो । उनी मानिसहरुसँगको संवादमा विशेष रुचि राख्छन् । चौबीसै घन्टा भए पनि पार्टी तथा बाहिरका मानिसहरुसँग निरन्तर छलफलमा रहन सक्नु उनको खुबी हो । उनको चिटिक्क परेर हिँड्ने र अन्तरसंवाद गरिरहने रुचिको आलोचना र प्रशंसा दुबै हुनेगरेको छ ।

babu-ram

नयाँ शक्ति नेपालका नेता डा.बाबुराम भट्टराई कुनै न कुनै रुपमा आफूलाई मिडियासँग जोडेर चर्चामा आइरहने स्वभावका नेता मानिन्छन् । अन्तरमुखी स्वभावका नेता भट्टराई युवाकालमा वैज्ञानिक बन्न चाहन्थे । विद्यार्थी जीवनमा नै राजनीतिमा सक्रिय भट्टराई वि.सं. २०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भए। द्वन्द्वकालमा विचारोत्तेजक लेख लेखेर होस् या पार्टीभित्र समानान्तर कमिटी बनाएर भए पनि उनी सधैं चर्चामा आइरहे । उनको खास रुचि अध्ययन गर्नु हो । उनी अध्ययनमा लागेपछि अरु कुराको खासै ख्याल गर्दैनन् ।

makune-with-kp-oli

नेकपा एमाले अध्यक्ष एवम् प्रभावशाली नेता केपी ओली विभिन्न उखानटुक्का जोडेर अरुमाथि व्यङ्ग्यबाण हान्न माहिर मानिन्छन् । विभिन्न उखानटुक्कामा विपक्षीलाई घोचपेच गर्नु तथा कार्यकर्तालाई हँसाउनु उनको शोखको विषय हो । उनी टुक्काकै कारण मिडियामा छाइरहेका छन् । उनको रुचि उखानटुक्का सिर्जना या प्रस्तुत गर्नुमा नै बढी देखिन्छ ।

jhal-nath-khanal

एमालेकै पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल गेटअप चेन्जमा निकै शोखिन छन् । घरमा बस्दा होस् या बाहिर निस्कँदा सदाबहार सफाचट् भएर हिँड्छन् । उनको रुचि राम्रो लगाउनुमा छ। एमालेका तत्कालीन महासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको रुचि फोटोग्राफीमा देखिन्छ । फोटो खिँच्नु र खिँचाउनु नेपालको रुचिको विषय हो।

विदेशी पाहुना, मिडियाकर्मी सहपाठीसँग बसेर फोटो खिँच्न नेपाल अति रुचि राख्छन् । पहिलो संविधानसभाको निर्वाचनका बेला मतपेटिकामा मत खसाल्ने समयमा दिएको फोटोसेसन तथा प्रधानमन्त्री भएका बेला विदेशी महिलासँग बसेर लिएको तस्बिर चर्चित छन् । फोटोसेसन गर्दा निकै समय लिएर आफ्नो पोज दिनु उनको विशेषता हो।

sher-bahadur-dewbaनेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सधैं सफासुग्घर कपडामा सजिएर हिँड्न रुचाउने नेताका रुपमा परिचत छन् । देउवा बिलासितामा रमाउने नेताका रुपमा पनि परिचित छन् । उनको लगाउनु र मन पर्ने चिज खानुमा शोख छ । उनी हम्मेसी बाहिर खाँदैनन् ।

प्रकाशन मिति–२०७३ साल असोज १ गते शनिवार ।