काठमाडौं। नेपाली चलचित्रका लोकप्रिय अभिनेता तथा जादूगर महादेव त्रिपाठी अमेरिका जाने भएको छ। अमेरिकाको तीन महिना टूरका लागि महादेव यही असोज १३ गते अमेरिका जान लागेको हो।

अमेरिकाको कोलाराडो, वासिङ्गटन डीसी, भर्जिनिया, टेक्सास लगायतका राज्यहरुमा महादेव त्रिपाठीको कार्यक्रम हुन लागेको जानकारी महादेवले दिएका छन्।

अमेरिकाका जीत कार्कीको प्रमुख आयोजनामा हुन लागेको दशैं–तिहार धमाका कार्यक्रम अन्तर्गत महादेव त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। कार्यक्रममा प्रमुख सल्लाहकार कलाकारव्दय नवराज श्रेष्ठ र मधुकुमार श्रेष्ठ रहेको जानकारी पनि महादेवले दिएका छन्।
प्रकाशन मिति–२०७६ साल असोज २ गते विहीवार ।