काठमाडौं। नेपाली ज्यांकी च्याङको उपनामवाट अत्यन्त चर्चा पाएका अभिनेता अमृत लामा विश्वभरका नेपालीहरुलाई एक बनाउने अभियानमा रहेका छन्।

धर्म, जाति तथा राजनीतिवाट धेरैमाथि रहेर केवल नेपाली हुनुको गौरबता र भावनाको साइनोलाई मुख्य कसी बनाएर नेपाली ज्याकी च्याङ लामा विश्वभरका नेपालीहरुलाई जोड्ने कार्यमा अहोरात्र लागिरहेका छन्।

यस कार्यमा लामा आवद्ध रहेको हामी नेपाली ग्लोबल मार्फत विश्वभरका नेपालीहरुलाई एकिकृत बनाएर उनीहरुको हक, हित र कल्याणको लागि दत्तचित्त बनेर लागि रहेका छन्।

 

लामा स्वयम हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष रहेका छन्। लामा अध्यक्ष रहेको हामी नेपाली ग्लोबल मार्फत मातृभूमि नेपालको लागि सक्दो सहयोग गर्ने कसरत पनि भैरहेको छ।

नेपालका दूरदराजमा रहेका असहाय–अनाथ तथा गरीब नेपाली जनताको सहयोग र उनीहरुको जीवन उत्थानका लागि अनेक भिजन तथा मिसन बनाउने कार्यमा पनि लामा हामी नेपाली ग्लोबल मार्फत क्रियाशील बनिरहेका छन्।

यसक्रममा नेपालका पिछडिएका गरीब जनताको स्वास्थ्यस्थितिलाई मध्यनजर गरेर बृहत स्वास्थ्य शिविर, उद्यमशीलताको विकास लगायतका कार्यमा विश्वभरका नेपालीहरुकै सहयोग एकिकृत गरेर सहयोग गर्ने भिजन तथा मिसनमा लामा रहेका छन्।

त्यसका लागि अमेरिका जस्तो बैभबशाली देशमा बसेर आफ्नो कमाउने ऊर्जावान समयलाई पनि बेवास्ता गरेर एकोहोरो यस सामाजिक अभियानलाई सार्थक बनाउने कार्यमा निरन्तर लागिरहेका छन्।

लामाको यस कार्यमा निरन्तर प्रोत्साह न तथा प्रेरणा दिने कार्य लामाको जीवन संगीनी परीकी रानी उपनामले चर्चित अभिनेत्री सम्झना खड्काले पनि साथ दिइरहेकी छन्। श्रीमानको हर सामाजिक कार्यमा सहयोगी बनेर अगाडि बढ्ने कार्यमा आफूले कुनै कमी नगरेको तथा निरन्तर साथ दिइरहेको जानकारी पनि परीकी रानी सम्झना खड्काले भिजन संसार डटकमलाई बताएकी छन्।

सम्झनाले नेपाली ज्यांकी च्यांङ लामालाई चलचित्र ताल र झाँक्रीमा पनि जीवन संगीनी नै बनेर साथ दिएकी छन्। लामाले ताल र झांक्री वाहेक पापी, जीवन साथी लगायतका आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

प्रकाशन मिति–२०७५ साल फागुन ६ गते सोमवार ।