PM Office of Nepalकाठमाडौ। झूठो विवरण दिएर नेपालको नागरिकता लिने तीनजना भारतीयको नेपाली नागरिकता खारेज गरिएको छ। मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले ती तीनजना भारतीयको नेपाली नागरिकता खारेज गरेको हो।

नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री शेरधन राईले दिएको जानकारी अनुसार महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिषकुमार मिश्रको नेपाली नागरिकता खारेज गरिएको हो। उनीहरुले आफूहरु नेपाली नागरिक हुँ भनेर झुठो विवरण पेश गरेर रुपन्देही जिल्लावाट नागरिकता लिएका थिए।
प्रकाशन मिति–२०७३ साल बैशाख १५ गते बुधवार ।