काठमाडौ। विदेशमा जस्तै नेपाली चलचित्रका नायिकाहरु पनि आफ्ना पहिरनहरु लिलाममा राख्न चाहेतापनि उनीहरुले राम्रो मोल पाउन सकेका छैनन्। अझ भनौ भने, नेपाली चलचित्रका नायिकाहरुको पहिरन किन्ने खरिदकर्ताहरु नै देखिएका छैनन्। कुनैपनि नायिकालाई तपाईको फलानो चलचित्रमा अभिनय गरेको फलानो पहिरन यति मूल्यमा किन्छौ भनेर हालसम्म कोही पुगेका छैनन्।

Rekha Thapa's New Looks 1नंबरी नायिका रेखा थापा त त्यसरी खोजी खोजी मोलमा बढाबढ गरेर पहिरन किन्न आउने कोही क्रेता पनि आफूले नपाएको बताउंछिन्। कसैले पनि तपाईले फलानो चलचित्रमा अभिनय गर्दा लगाएको फलानो पहिरन हामी किन्छौ भनेर हालसम्म कोही नआएको भनेकी छन्। जसलेगर्दा रेखा थापा देखि झरना थापासम्मका नायिकाहरुले आफ्ना पहिरनहरु नातागोता तथा आफन्तहरुलाई बाँडेर नै सकाउंदै आएका छन्।

Joshna Fuyalनायिका जोस्ना फुयाँलको अधिकाँश फेसनेबल पहिरन तथा जुत्ता खरिद गर्ने सौखले शोकेस भरिभराउ बनिसकेको छ । प्रत्येक महिना तथा बर्षमा आउने नयाँ–नयाँ फेसनले गर्दापनि ती फेसनेबल पहिरनहरुको खातमा खात हुन स्वभाविक हो । फाल्न पनि माया लाग्ने र कतिपय कुरा बाँड्न पनि मन नलाग्ने भएकोले त्यति धेरै पहिरनको दराजलाई नयाँ घरमा समेत राम्ररी स्थान दिन नसक्दा जोस्नाको चित्त दुखाइ भएको छ । विदेशमा जस्तो सेलिबे्रटीको पहिरनको लिलाम–बढावड नेपालमा पनि हुने भएको भए, ती बढी भएका पहिरन लिलाममा राख्ने सोच जोस्नाको पनि छ।

Jharana Thapa hot.1

त्यो अवस्था नेपालमा शुरु नभएकोमा जोस्ना पनि चल्तीकी नायिका रेखा थापा र झरना थापा जस्तै दिक्क बनेकी छन् । खान–लाउन त्यति सौखिन नभएतापनि फेसनेबल नयाँ–नयाँ फेसनको पारखी बन्दैआएकी झरनाले ओल्ड फेसनका पहिरन प्राय नातागोता तथा चिनजानकालाई गिफ्टको रुपमा दिने गरेको भनेकी छन् । नयाँ पुस्ताकी चल्तीकी नायिका शिल्पा पोखरेलको पनि चलचित्रबाट आउने प्राय कमाइ फेसनेबल पहिरनमा नै खर्च हुने गरेको छ ।

Karishma Manandhar.1

पहिलो चलचित्र लज्जा र दोश्रो चलचित्र हवल्दार सुन्तलीको सवै पारिश्रमिक फेसनेबल पहिरनमा नै खर्च भएको उनले भनेकी छन् । तेश्रो चलचित्र फागुको पारिश्रमिकको केही रकम मात्र जोगाउन सकेको उनले भनेकी छन्। शिल्पा पनि आफूसंग भएका बढी भएका पहिरन पाएमा लिलाममा राख्ने सोचमा रहेकी छन्। मोलमा बढावढ गरेर लिन खोज्ने कहिले पो पाउने होला भनेर उनी हाँस्न चुक्दिनन्।

Shilpa-Pokhrel-3नेपालमा नेपाली चलचित्रका नायिकाहरुको पहिरनको हालसम्म लिलाम हुन सकेन। लिलाम नहुनुमा नेपाली चलचित्रका नायिकाहरुले चलचित्रका दर्शकहरुमा क्रेज राख्न सफलता नपाएकै हो कि भन्ने अडकलबाजी पनि गरिन थालेको छ। दर्शकहरुमा सही छाप र क्रेज राख्न सफलता पाएको भए, अवश्य पनि नायिकाहरुको पहिरनले राम्रै मूल्य पाउनु पर्ने भन्नेहरु छन्।

अर्कोतर्फ विदेशमा जस्तो नायिकाहरुको पहिरनलाई महंगो मूल्यमा किन्न खोज्ने सन्काहाहरु नभएरै पो त्यस्तो भएको हो कि भन्नेहरु पनि पाइएको छ। यी दुवै मध्येमा अवश्य पनि एक हुनुपर्ने प्रायको धारणा रहेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १३ गते सोमवार ।