काठमाडौ। नेपालमा नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई कडा कारवाही हुने भएको छ। त्यस्तो गर्नेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने नियम पारित भएको छ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो । उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन। त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’

यो ऐन यही भदौ १ देखि लागू हुने भएको छ।
नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो। यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो। नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्नरनगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
प्रकाशन मिति–२०७५ साल साउन २४ गते विहीवार ।