काठमाडौ। फिल्मी हिरोइनहरु फेसनेबल भएन भने, तिनको अर्थ नै हुँदैन । फिल्मलाइनमा काम गरेपछि हिरोइनहरु अरुको तुलनामा अलि बढी फेसनेबल नै हुने गर्दछ। ती फेसनेबल हिरोइनहरु अरुमा भन्दा फेसनेबल बन्न फेसनेबल कपडा तथा कस्मेटिकमा खर्च गर्न पछि पर्दैनन्। कहिलेकाही ती हिरोइनहरुको आम्दानी भन्दा खर्च बढी नै हुने गर्दछ। शो–बिजनेस मानिने फिल्मी हिरोइनहरुको फेसनेबल हुनु रहर भन्दा बाँध्यता भएको छ।

Ashishma Nakarmi
Ashishma Nakarmi

पछिल्लो पुस्ताकी हिरोइन आशिष्मा नकर्मी विहान कुनै प्रोग्राममा जाँदा लगाइएको कपडा दिउँसो नलगाउने र दिनमा नै चार–पाँच पल्ट चेन्ज गर्ने गर्छिन् । आशिष्माको फेसनमा औसत मासिक ४० हजारसम्म खर्च हुने गर्दछ । कतिपय समय फिल्मबाट कमाएको पैसाले ठेग्न नसक्ने हुँदा यदाकदा डैडी–मम्मीको शरणमा पनि आशिष्मा पर्नु पर्ने छ। आशिष्माको फेसनको परिभाषामा ड्रेसअप, मेकअप र रेष्टुरेन्ट हो। विभिन्न फिल्ममा काम गर्दा मेकअप जानेकोले आम हिरोइनहरु जस्तो हरेक दिन जस्तो व्युटीपार्लर जान आशिष्मालाई पर्दैन। जसबाट मेकअपमा उनको अलि खर्च जोगिने गरेको छ। बढ्दो महंगीमा कहिलेकाही रेष्टुरेन्टमा जाँदा ढाँड सेकिने गरेको भन्न नचुक्ने आशिष्मा अमेरिकाको वेष्ट भर्जिनिया युनिबरसिटीबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्राजुयेट पनि हुन्।

अमेरिकामा पाँच बर्ष अध्ययनको सिलसिलामा वेष्ट भर्जिनिया, टेक्सास र न्युयोर्क लगायतका स्थानमा नै आशिष्माको अधिकाँश समय वित्यो। पढाईको सिलसिलामा डलरमा कमाई पनि गरियो र डलरमा नै खर्च गरियो। त्यसको खासै लेखाजोखा नगरेको बताउने आशिष्माको लागि अमेरिका आम नेपालीको जस्तो सपना बन्नै सकेन। पढाई पूरा गरेर नेपाल फर्किहाले भनेर भन्न चुक्दिनन्। हाल आशिष्मा पछिल्लो पुस्ताकी नायिकामा व्यस्त नायिकामा नै रहेकी छन्।

Neeta Dhungana
Neeta Dhungana

फेसनेबल हिरोइन झरना थापाको दैनिकी नियाल्ने हो भने, आशिष्माको दैनिकी जस्तै महँगो छ । झरना आफै कार हाँक्छिन्। पोस्टपेड मोबाइलमा उत्तिकै खर्च हुन्छ। त्यसबाहेक साथी, पाहुनासंगको भेटघाटमा दिल खोलेर खर्च गर्ने झरनाको बढी खर्च गाडीमा नै हुने गरेको छ । गाडीपछि सुन्दरी हुन आवश्यक कस्मेटिक तथा ड्रेसअपमा खर्च हुने भनिएतापनि यति नै खर्च हुन्छ भनेर झरनाले यकिनकासाथ भन्न चाहिनन्
पछिल्लो पुस्ताकी हिट हिरोइन नीता ढुंगाना ड्रेसअप र ब्युटीपार्लरमा १० देखि १५ हजार खर्च हुने गरेको भन्छिन्। सरदरमा ३५ हजार त जसरी पनि खर्च हुने गरेको डाँटा पेश गर्न उनी चुक्दिनन्।

Keki Adhikari
Keki Adhikari

नीता जस्तै राम्री अनि हिस्सी परेकी हिरोइन केकी अधिकारीको पनि मासिक सरदरमा ४० हजार खर्च हुने गर्दछ । स्कुटी, पार्लर, फिटनेस, फेसनेबल ड्रेस लगायतमा नै केकीको बढी खर्च हुने गरेको छ । नव–नायिका अनु शाहको ड्रेस तथा पार्लर लगायतमा लगभग मासिक १० हजार खर्च हुने गरेको छ।

Benisha Hamal
Benisha Hamal

अर्की हिरोइन बेनिशा हमाल जुत्ताको निक्कै शोखिन रहिछिन्। नयाँ मोडलको कुनैपनि प्रकारको फेसनेबल जुत्ता हमालको लागि पहिलो रोजाई बन्ने गरेको छ । जस्तोसुकै महँगो भएपनि जुत्तामा दिल खोलेर खर्च गर्न हमाल पछि पर्दिनन्। फेसनेबल बन्न बढीमा सात हजारसम्म मात्र मासिक सरदर खर्च गर्ने कार्य बेनिशाबाट हुने गरेका उनी आफैले भनेकी छन्। मोडल हिरोइन तिर्सना बुढाथोकीको बढी खर्च फेसनेबल ड्रेस तथा कस्मेटिक र पार्लरमा नै हुने गरेको छ । खर्च जोगाएर खर्च गर्दा पनि फेसनमा २० हजार सरदर मासिक खर्च हुने तिर्सनाले भनेकी छन्।

Joshna Phuyal
Joshna Phuyal

बोल्ड हिरोइन जोस्ना फुयाँल भने, कस्मेटिकमा कम र बढी फेसनेबल ड्रेसअपमा हुने गरेको स्वीकार गर्छिन् । जोस्ना कति खर्च हुन्छ भन्ने लेखाजोखा आफूले राख्न छाड्ेकी भन्छिन् । नंबरी हिरोइन रेखा थापाको भनाई पनि जोस्नासँग मिल्दोजुल्दो रहेको छ । रेखाले पनि हिसावकिताव गर्न छाड्ेकी छन् ।
प्रकाशन मिति–२०७३ साल असोज २४ गते सोमवार ।