काठमाडौं। नेपाली फिल्म लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ। बुधबार बिहान २ बजे राजधानी स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निर्देशक गुरुङको निधन भएको हो।

४२ बर्षका निर्देशक गुरुङलाई स्वास्थ्यमा समस्या आएपछि सोमवार अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। उनको जन्म विसं.२०३५ साल माघ २२ गते भएको हो।

दिनेश राउत निर्देशित फिल्म नोभेम्बर रेनबाट उनी फिल्म क्षेत्रमा आएका हुन्। उनले उक्त फिल्ममा कथा, पटकथा र सम्बाद लेखेका थिए। गुरुङले लेखन, निर्देशन गरेको प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ। पछिल्लो समय उनी हुतुतु नामक फिल्ममा व्यस्त थिए।
प्रकाशन मिति–२०७७ साल भाद्र २४ गते विहीवार ।