काठमाडौं। भारतमा समेत नेपाली बुलेट अम्माको नामवाट ख्यातिप्राप्त अग्रज साहित्यकार पुष्पलता आचार्य काठमाडौंमा शुरु भएको स्मार्ट पार्किङवाट अत्यन्त प्रभावित बनेकी छन्।

केही समयअघिसम्म पनि काठमाडौंको न्यूरोड, विशालबजार वरपर सपिङ गर्न जांदा घण्टौ पार्किङ नहुंदाको पीडा खेपेकी साहित्यकार आचार्य यसपालि भारतमा बुलेट बाइक यात्रा गरेर फर्केपछि भने दंगै परेकी छन्। न्यूरोड वरपर स्मार्ट पार्किङको व्यवस्था भएवाट बुलेट बाइक पार्क गर्न सहज र सरल भएको प्रतिक्रिया साहित्यकार आचार्यको रहेको छ।

पहिला बुलेट बाइक पार्क गर्न घण्टौ प्रतीक्षा गर्दापनि नपाइने हाल भने मज्जाले सरल ढंगवाट पार्क गर्न पाउंदा अत्यन्त प्रभावित बनेको भनाई साहित्यकार आचार्यको रहेको छ। काठमाडौंमा यसरी स्मार्ट पार्किङको व्यवस्था गर्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको दिल खोलेर तारिफ गर्ने कार्य पनि साहित्यकार आचार्यवाट भएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर ३१ स्थित शान्तिनगर खरिबोट निवासी साहित्यकार आचार्य मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगर बनाउन अहोरात्र खटिरहेको यो दस्तावेज पनि भएको भन्छिन्।

६१ बर्षकी जवान अग्रज साहित्यकार आचार्यले केही दिनअघि मात्र काठमाडौंवाट भारतको नयाँ दिल्लीसम्म बुलेट बाइकवाट नन्स्टप ४ हजार ५ सय किलोमिटरको यात्रा पुगेर नेपाल फर्केकी हुन्। भारतका शहरहरुभन्दा काठमाडौं शहर अझै राम्रो र सुन्दर बन्दैगएको पनि साहित्यकार आचार्यले भनेकी छन्।


प्रकाशन मिति–२०७६ साल असार २१ गते शनिवार ।