काठमाडौ। काठमाडौ बुद्धनगरकी सुलोचना श्रेष्ठको चाहना सानैदेखिको कलाकार बन्नु हो। अझ नाच्ने र नचाउने सुलोचनाको अर्को शौख हो। बचपनमा त्यो चाहना पूरा नै हुन सकेन।

नाच–गान गाउने कलाकारितालाई सुलोचनाको पितालाई खासै मन नपरेको कारण चाहेको कुरा त्यो बेला पूरा गर्नै सकिनन्। सुलोचनाको पिता नाचगान आफूहरुले गर्ने कला नभइकन अरुले गरेको हेर्ने कुरा हो भनेर पिताले हप्काउने गरेको त्यो कुरा पछाडिको रहस्य आजसम्म पनि उनलाई थाहा छैन्। शायद त्यो रहस्यमा नै हराउने भएको छ।

पिताको त्यो धारणा भएतापनि आमाको भने गायनमा असाध्यै रुचि रहेको छ। सुलोचनाको आमा अहिलेपनि अत्यन्त राम्ररी भजन गाउने गर्छिन्। शायद आमाको प्रभावले उनीभित्र गायनको अतृप्त चाहना रहेको छ। त्यसैले साथीभाइको रमाइलोमा दिल खोलेर गाउने कार्य उनीवाट हुंदैआएको छ।

कतिपय माहोलमा मज्जाले प्रोफेसनल डान्सरले भन्दा राम्रोसंग नाच्ने उनमा खुवी रहेको छ। गोल्छा अर्गनाइजेसनमा अधिकृत लेवलको पदमा कार्यरत उनी आइरन लेडीको रुपमा लिइने गरेको छ। हरेक कार्यमा आत्म–विश्वासका साथ कार्य गर्ने भएकोले उनी अत्यन्त आँटिली अफिसरको रुपमा पनि उनलाई चिनिने गरेको छ।

पुरुषको तुलनामा महिलाहरु कुनै कुरामा पनि पछि पर्न नहुने सोच उनको रहेको छ। दविनु र दवाइनुमा आफ्नै सोचले भूमिका खेल्ने भएकोले त्यो सोच बदल्नु पर्ने तथा निडर भएर अग्रपंक्तीमा आउनु पर्ने उनको जिकिर रहेको छ।

राम्रो गायन तथा डान्स भएकोले धेरैले उनलाई फिल्म खेल्न अफर गरेको तथा विभिन्न म्युजिक भिडियोमा अभिनय गर्न अफर गरेको उनले बताएकी छन्। कतिले उनलाई बलिउडका कुनैबेलाकी ख्यातिप्राप्त अभिनेत्री बैजयन्तीमालासंग दाँजिने गरेको छ।

कतिले उनलाई नेपाली बैजयन्तीमाला भन्ने गरेतापनि उनी आफूलाई सुलोचना संभव श्रेष्ठ भन्नमा नै गर्ब गर्ने गर्छिन्। उनी निकट भविष्यमा खुलेरै कलाकारितामा आउने भएकी छन्।


प्रकाशन मिति–२०७५ साल जेठ ६ गते आइतवार ।