ललितपुर । कलियुगका आधुनिक भगवान श्रीकृष्ण यो लोकमा आउंदा वर्तमान कोरोना कहरमा निश्चित रुपमा अनिवार्य मास्क लगाएर आउने पक्का छ। सोही प्रतिकात्मक रुपमा भगवान श्रीकृष्ण चरित्रमा श्रीकृष्ण भगवान वनेका नेपालका गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुवंशी मास्क लगाएरै फोटोमा भगवान श्रीकृष्ण बनेर आएका छन्।

बनारस विश्वविद्यालयमा भरत नाट्यममा मास्टर डिग्रीमा अध्ययनरत रहेका गोल्ड मेडलिष्ट नेपाली डान्सर रघुवंशी बनारसमा नै भगवान श्रीकृष्ण बनेका हुन। वनारसको एक म्यागाजिनको लागि गरिएको फोटोसुटमा डान्सर रघुवंशीले भगवान श्रीकृष्ण वनेर मास्क लगाउने देखि मोबाइल चलाउने कार्यसम्म गरेका छन्।

राधासंग प्रेम साटासाट गर्ने क्रमका अनेक लिला गर्दै राधालाई ट्याक्टर चलाउन लगाएर आफू बाँसुरीमा मनमगन बनेका फोटोसुट गराउने कार्य गरेका छन्।

Sri Krishna-Mr.Swojan Raghubanshi / Radha-M/s Harshita Singh

Photo By-EKLABYA BHAGAT

प्रकाशन मिति–२०७७ साल साउन २७ गते मंगलवार (श्रीकृष्ण जन्माष्टमी) ।