ललितपुर। महादेव कैलाशवाट सिधै बनारस घुम्न आएपछि बनारसवासीहरु तीनछक्क मात्र होइन, अठार दंगै परेका छन्। शिवरात्री पछि फुर्सदी बनेका महादेव पार्वतीका साथमा होली शुरु हुनै लाग्दा बनारसको मनिकर्णिकाघाट, असीघाट, लंका लगायतका स्थानमा निस्फिक्री घुमेर गोपी चाटमा पुगेर चाट तथा लस्सी खाइरहेको देख्दा बनारवासी अठार दंगै परेका हुन।

अझ साइकल सर्रर चढे्र आएपछि उनीहरुले हर हर महादेव भनेर ती पातालवासी महादेवको खुट्टा नै ढोग्न आइपुगेका थिए। त्यसरी पातालवासी महादेव बनेर बनारस घुम्दैगरेका महादेव अरु कोही नभइकन नेपालका गोल्डमेडलिष्ट डान्सर स्वजन रघुबंशी हुन। कात्तिक नाचका अदभूत अवतार रघुबंशी बनारस विश्वविद्यालयमा डान्समा डिग्री गरिरहेका छन्।

यसक्रममा बनारसका फोटोग्राफर एकलव्य भगतले एउटा म्यागाजिनका लागि फोटोग्राफी गर्न भनेपछि कात्तिक नाचका अदभूत अवतार रघुबंशीले आफूभन्दा एक ब्याँच जुनियर हर्षिता सिंहलाई पार्वती वनाएर बनारस घुमेका हुन। त्यसरी फोटोसुटका क्रममा हर्षिता सिंहसंग महादेव पार्वती भएर घुम्दा आफूभित्र महादेव हुनुको अनुभुति नै भएको र हर्षिताले पनि पार्वती नै भएको अनुभव गरेको जानकारी स्वजनले भिजन संसार डटकमलाई भनेका छन्।

कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण भएको लकडाउन नभएको भए, बनारस विश्वविद्यालयवाट आफू डान्समा डिग्री होल्डर भैसक्नेथिए भनेर स्वजनले भनेका छन्। नेपाल तथा भारतमा लकडाउन शुरु हुनुअघि नै बनारसवाट नेपाल फर्केका स्वजनले लकडाउन पछि साधना कला केन्द्रले आयोजना गरेको २१ दिने भरत नाट्यम डान्स प्रशिक्षणमा उल्लेखनिय प्रशिक्षण दिएर ६ जना मेधावी डान्सका विद्यार्थी जन्माउन सफल स्वजनको नेपाली समसामयिक नृत्य क्षेत्रमा छोटो समयमा लामो योगदान रहेको छ। डान्समा नै जीवनलाई अर्पण गर्ने स्वजनले लक्ष्य नै राखेका छन्।


प्रकाशन मिति–२०७७ साल साउन २६ गते सोमवार ।