काठमाडौं। गत सोमवारवाट प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमास समूहले इजरायलका विभिन्न शहरमा रकेट आक्रमण गरेपछि दुई मुलुक बीच द्वन्द्व बढेको छ । प्यालेस्टाइनविरुद्ध इजरायलले पनि कडा प्रतिक्रिया दिइरहेको छ। जसको कारणले गर्दा दुवैतर्फ मानवीय क्षति भएका छन् ।

दुई मुलुक बीचको द्वन्द्वका कारण इजरायलमा रहेका नेपालीहरुलाई पनि कुनै चयन छैन्। आतंकको भूमरिमा बाँच्नु नै हाललाई नेपालीको लागि ठूलो भाग्य भएको इजरायलमा लामो समयदेखि बस्दैआएकी इलित्रा क्षेत्रीको अनुभव रहेको छ। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले हालसम्म नेपालीहरु इजरायलमा सुरक्षित रहेका छन्। नेपालीहरुलाई सुरक्षाको सवै तौर–तरीका अपनाउन राजदूतावासले आग्रह तथा अनुरोध गरेको तथा सुरक्षा उपायका वारेमा पनि जानकारी दिएको राजदूत डा.शाक्यले भनेकी छन्।

राजदूत डा.शाक्यका अनुसार, गाजा क्षेत्रबाट आएको रकेटले लाग्ला कि भन्ने डर छ । हमासले एकपछि अर्को गर्दै फालेको रकेटहरुलाई आइरन डोम (विपक्षीले प्रहार गरेको रकेटलाई माथि आकाशमै निस्क्रिय पारेर त्यसलाई धूलो बनाइने प्रविधि)ले निस्तेज पारिरहेको छ । तर त्यसबाट समेत चिप्लिएर जमिनमा खसेका रकेटका कारण अवस्था डरलाग्दो छ।

राजदूत डा.शाक्यले आफूले त्यहाँ सुनेअनुसार सन् २००० पछि पहिलो पटक हमासले यसरी लगातार रुपमा आक्रमण गरेको हो । त्यस बीचमा पनि गाजा क्षेत्रमा आक्रमण भएका थिए, तर इजरायलको दक्षिणी भेगमा मात्र यसले केही आक्रमण हुन्थ्यो । किनकि उक्त क्षेत्र गाजा नजिक थियो । तर यस पटक इजरायलका हरेक शहरमा आक्रमण भइरहेका छन् ।

राजदूत डा.शाक्यले इजरायली सरकारको निर्देशनअनुसार घरमा बस्दा झ्यालका ढोकाहरु लगाएर बसिरहेको र, आवश्यक पर्नेबित्तिकै हामी बंकरमा गइहाल्ने गरेको वताएकाी छन्। राजदूत डा.शाक्यले इजरायलमा पहिलेदेखि नै लडाइँ भइरहेकोले यहाँ हरेक घरमा बंकर भएको खुलासा गरेकी छन्। भवनको बनोटमा अरुले आक्रमण गर्दा समेत बच्ने किसिमले बनाइएको छ।

नेपाली, इजरायली, विदेशी सम्पूर्ण नागरिकमा अहिले डरै–डर छ । किनकि कसको माथि कहिले आएर रकेट खस्छ भन्ने यकिन नै छैन । त्यसमाथि पनि आएका रकेटलाई आइरन डोमले निस्तेज पार्दा जमिनमा ठूलो भूकम्प आएजस्तै गरी भवननै हल्लिन्ने गरेको अनुभव राजदूत डा.शाक्यको रहेको छ।

इजरायलवाट अनुभव सुनाउंदै राजदूत डा.शाक्यले गत सोमबार राति आराम गरिरहेको बेलामा एक्कासी आफ्नै टाउको माथि केही आएर खसेको जस्तो भएको र निकै डर लाग्यो भनेकी छन् । इजरायलमा अहिले २७ हजार कियरगिभर, ५०० जना कृषिमा पढ्न आएका र करिब १३ जना पीएचडी गर्न आएका नेपालीहरु छन् । उनीहरु पढ्ने विश्वविद्यालयमा सम्पर्क गरेर पनि उनीहरुको अवस्था बुझेको वताउंदै राजदूत डा.शाक्यले इजरायलमा रहेका सवै नेपाली सुरक्षित रहेको वताएकी छन्।

राजदूत डा.शाक्यले खतराको साइरन बज्नासाथ घरभित्र भए भने बंकर, भर्‍याङ वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै भए भने पनि नजिकैको बंकरमा पुगिहाल्न दूतावासको तर्फवाट इजरायलमा रहेका नेपालीहरुलाई सचेत गराउंदै आएको पनि बताएकी छन्।
प्रकाशन मिति–२०७८ साल जेठ २ गते आइतवार ।