काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गरेको अवसर पारेर नेपाली रेस्लर गायिका अस्मिता जुरेलीले अलिक फरक किसिमको तीज गीतको भिडियो ल्याएकी छन् । रेस्लर अस्मिताले ल्याएको तीज गीतको बोल नै ‘मान्देउ न शिवजी’ हो। जुन गीतको भिडियोमा गायिका अस्मिता निकै हट अवतारमा प्रस्तुत भएकी छन् । गीतमा शिवम अधिकारीको शब्द र ओम सुनारको संगीत छ ।

भिडियोमा अस्मिता जुरेली, दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समिर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, इश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्का (युनिका) फिचर्ड छन् ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, समिर मियाँको सम्पादन र रंग संयोजन तथा शिव विकको कोरियोग्राफी र निर्देशन रहेको छ। भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ।

https://www.youtube.com/watch?v=RYSsQgm4hbI&feature=emb_logo

प्रकाशन मिति–२०७७ साल साउन १३ गते मंगलवार ।