UK News Dhanding 2काठमाडौ। बेलायतको नेपाली वुमन हेन्डस युकेको आयोजनामा धादिङ्ग जिल्लाका भूकम्पग्रस्त तीनवटा स्थानिय हाइस्कुललाई सहयोग वितरण गरिएको छ। २५ थान कम्प्युटर र ३ थान प्रिन्टर सहितका सामग्री हस्तान्तरण गर्ने कार्य संपन्न भएको छ।

आयोजक नेपाली वुमन हेन्डस युकेकी सचिव दुर्गा थापाले स्थानिय हाइस्कुलका हेडमास्टर तथा स्कुलका संचालक समितिका अध्यक्षलाई हस्तान्तरण गरेकी थिइन्। सोही समारोहमा धादिङ्गमा कार्यरत रिम्स नेपाल नामक संस्थाले नेपाली वुमन हेन्डस युकेले हस्तान्तरण गरिएका कम्प्युटर तथा प्रिन्टर लगायतका सामग्रीहरुको व्यवस्थापन र मर्मत–संभार गरिदिने भनिएको छ।

UK News Dhanding 3

काठमाडौ पस्ने नाकाको रुपमा रहेको धादिङ्ग जिल्ला काठमाडौबाट टाढा नभएतापनि भौगोलिक कठिनाईले गर्दा आधुनिक शिक्षा प्रणालीको विकास गर्न स्रोत र साधनको कमी भएको देखेरै नेपाली वुमन हेन्डस युके सहयोग वितरण गरेको संस्थाकी अध्यक्ष तारा पौडेलले हस्तान्तरण कार्यक्रममा बताएकी छन्।
प्रकाशन मिति–२०७२ साल मंसिर १८ गते शुक्रबार ।