Indira Joshi 6काठमाडौ। नेपाली युवाहरुको ढुकढुकी बन्दैआएकी अत्यन्त चर्चित गायिका इन्दिरा जोशीले यो बर्ष तीज गीत गाएर तहल्का मच्चाएकी छन्। बढी मात्रामा पप तथा आधुनिक गीतमा रम्दैआएकी गायिका जोशीले आयो बैरी लै बोलको देशप्रेमले सजिएको अनि माइति नेपाललाई संझेको अत्यन्त शालिन तीज गीत गाएर सवैलाई हैरान पारेकी छन्।

Indira Joshi 7त्यसो त इन्दिरा जोशीलाई नेपाली सकिरा भन्ने गर्छिन्। हट टाइपका गीत गाउन माहिर मानेकी यी नेपाली सकिराको तीज गीतले विदेशमा रहेकी एक नेपाली चेली जो तीजको दिन माइतिघर नेपाललाई संझेर परदेशमा तीज गीतमा रमाउने गर्छिन्।

Indira Joshi 4यस्तै प्रसंग रहेको तीज गीत नेपालका अत्यन्त चर्चित संगीतकार राजु सिंहको संगीतमा रेकर्ड भएर छोटो अवधिमा गीतको भिडियो समेत तयार भएको छ। शुक्रबारवाट यस गीतको म्युजिक भिडियो ड्रिम्स गेट नेपालको युट्युब च्यानलवाट वल्र्डवाइड रिलिज भएको छ।

Indira Joshi 5जसमा भरत बमजन र ईश्वर थापाको शव्द रहेको छ। अभिनय नायिका सुषमा अधिकारी, पवित्रा भण्डारी लगायतकाको रहेको छ। छायाँकन शंभु चालिसेले गरेका छन्। निर्देशन शिव विकको रहेको छ।

प्रस्तुत छ–इन्दिरा जोशीको तीज गीतको यो भिडियो–

प्रकाशन मिति–२०७४ साल भदौ २ गते शुक्रबार ।