काठमाडौं। नेपाली चलचित्र उद्योगका सांगीतिक बादशाह शंभुजीत बासकोटा चुप बसेका छैनन्। कोरोनाको कहरमा पनि सिर्जनात्मक कार्यमा अत्यन्त व्यस्त बनिरहेका छन्। कोरोनाको कारण चलचित्र उद्योग धराशयी जस्तो वनेपनि नेपाली गीत–संगीतलाई उर्बर वनाउने कार्यमा नेपाली सांगीतिक बादशाह शंभुजीत बासकोटाको निरन्तरता कायम नै रहेको छ।

यसक्रममा कोरोना कहरका कारण जारी लकडाउनलाई संगीतमय वनाउनका लागि सांगीतिक वादशाह बासकोटाले विलकुलै नयाँ सिर्जना पस्केका छन्। त्यो सिर्जना हो पर्यो माया जालैमा गोरखा भर्सेज दोलखा वोलको मनमोहक गीत हो। बासकोटाकै बुलन्द शव्द तथा संगीत रहेको गोरखा भर्सेज दोलखा वोलको मनमोहक गीतको भिडियो पनि सार्वजनिक गर्ने कार्य बासकोटावाट भएको छ।

नरेन्द्र वियोगीको एरेञ्ज तथा प्रकाश मिश्रको मिक्सिङ। मास्टरिङ तथा रिकर्डिङ रहेको छ। जसमा सांगीतिक वादशाह बासकोटाका साथमा गायिका मञ्जु थापाको गायन रहेको छ। पुष्प खड्का, सुनिशा बजगाइँ लगायतको अभिनय रहेको गीतको भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका छन्। छायाँकन बुद्ध थापाको रहेको छ भने, सम्पादन तथा कलरिङ नविन निरौलाले गरेका छन्।

प्रकाशन मिति–२०७८ साल बैशाख २१ गते मंगलवार ।