काठमाडौं। नेपाली सेनाको प्रधानसेनापतिमा लमजुङको गाउँशहरमा जन्मिएका पूर्णचन्द्र थापा नियुक्त भएका छन्। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेपछि प्रधानसेनापतिमा नियुक्त भएको हो।

नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित विशेष समारोहमा रथी थापालाई महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराएकी छन्। नेपाल सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो। उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आइतबार नै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गरेका छन्।
प्रकाशन मिति–२०७५ साल भदौ २४ गते आइतवार ।