Nepal Armyकाठमाडौ। नेपाली सेनाका पूर्वप्रधानसेनापति तथा जर्नेलहरुले तराईमा भइरहेको हिंसा अन्त्य गर्न नेपाली सेना जानु नहुने बताएका छन्।

प्रहरीले आफ्नै चौकीको सुरक्षा गर्न नसकेको भन्दै सरकारले राजमार्ग र नाकाको सुरक्षाका लागि सेना परिचालन गर्ने चर्चा भइरहेको बेला जर्नेलहरुले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले देशमा उत्पन्न समस्या राजनीतिक भएकाले यथाशीघ्र राजनीतिक तवरबाट समाधान हुने विश्वास व्यक्त गरेका थिए।

प्रकाशन मिति–२०७२ साल मंसिर १३ गते आइतवार ।