nepal-army-bus-service-3काठमाडौ। नेपाली सेनाले वडादशैमा सर्वसाधारणको यात्रा सहज बनाउन विभिन्न ८ वटा रुटमा निशुल्क बस सेवा संचालन गर्ने भएको छ। नेपाली सेनाले असोज २४ देखी २६ गते सम्म बिहान ६ वजे देखी नै उपत्यकामा निशुल्क बस सेवा संचालन गर्ने भएको हो।

चाडपर्वका बेला सार्वजनिक यातायातहरु न्युन मात्रामा चल्ने भएकाले यात्रुको अवागनलाई सहज बनाउन नेपाली सेनाले निशुल्क बस सेवा संचालन गर्ने भएको हो। सैनिक प्रवक्ता ताराबहादुर कार्कीले चाडबाडका बेला सार्वजनिक सवारीसाधनहरु न्युन मात्रामा चल्ने भएकाले यात्रुहरुलाई कष्टकर नहोस भनेर सेनाले निुशुल्क बस सेवा संचालन गरेको बताए।

Families of the Nepal Army climb on a bus en route to Dhangadhi from the Army Headquarters, Bhadrakali on Tuesday, October 04, 2016. Photo Courtesy: Nepal Amry
Families of the Nepal Army climb on a bus en route to Dhangadhi from the Army Headquarters, Bhadrakali on Tuesday, October 04, 2016. Photo Courtesy: Nepal Amry

नेपाली सेनाले वडासैँको अवसरमा घर विदामा जाने सैनिक र तीनका परिवारलाई लक्षित गर्दै लामो दुरीमा समेत निशुल्क बस सेवा संचालन गरेको छ। सेनाले सैनिक र तीनका आफन्तलाई लक्षित गदैै मंगलबारबाट काठमाडौहुँदै इटहरी, हेटौडा, दोलखा, रामेछाप,सिन्धुपाल्चोक, त्रिशुली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म जाने र फर्कने निशुल्क बस सेवा संचालन गरेको छ। त्यस क्षेत्रमा जाने बसहरु प्रत्येक दिन विहान ६ वजे छुटने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल असोज १८ गते मंगलवार ।