काठमाडौं। नेपाल आइडल सिजन २ फेम्ड गायक पवन गिरीले आफ्नो तेस्रो अफ़िसियल गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन्। कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरंजन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन्।

नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन्। लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको रहेको छ भने शब्द रमेश दहालको रहेको छ। अस्ट्रेलियामा बसेर नेपाली संगीतमा योगदान पुर्याइरहेका टिका दहालले यस गीतलाई संगीतवद्ध गरेका हुन्। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। उनीहरुलाई अन्य डान्स क्रुले साथ दिएका छन्। गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन्।

जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्। वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई हास्य टेलिश्रृंखला सक्किगोनिमा काकु भनेर चिनिने कलाकार दीपक आचार्यले निर्देशन गरेका हुन्।

प्रकाशन मिति–२०७७ साल साउन २ गते शुक्रवार ।