काठमाडौं। नेपाल आदर्श माध्यमिक विद्यालय, गणवहाल, काठमाडौंमा लामो समय प्रधानाध्यापक बनेर शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिने स्वर्गवासी शिक्षासेवी हरिशंकर श्रेष्ठको प्रतिमा अनावरण भएको छ।

शनिवार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा बाङ्मय शताव्दी पुरुष इतिहासविद डा.सत्यमोहन जोशीवाट शिक्षासेवी श्रेष्ठको प्रतिमा अनावरण गरेका हुन्।

विसं.२०१२ सालदेखि निरन्तर चालिस बर्षसम्म प्रधानाध्यापक बनेर नेपाल आदर्श माध्यमिक विद्यालयको उन्नति–प्रगति तथा विद्यार्थीहरुको उज्ज्वलमय भविष्य बनाउन अहोरात्र खट्ने स्वर्गवासी शिक्षासेवी श्रेष्ठको योगदानको दिल खोलेर सवैले प्रशंशा गरेका थिए।

मुलुक बनाउने एक से एक विद्यार्थी उत्पादन गर्ने काठमाडौंको प्रतिष्ठित विद्यालय नेपाल आदर्श माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षाको उज्यालो छर्ने प्रमुख शिक्षकको रुपमा पनि सुपरिचित स्वर्गवासी श्रेष्ठको अंग्रेजी अत्यन्त राम्रो भएको कारण तत्कालिन शाही नेपाल वायुसेवा निगमले प्रमुख प्रशासक पदमा राम्रो अवसर पाउंदा पनि त्यसलाई त्यागेर विद्यालय शिक्षामा नै कटिवद्ध भएर लागेका थिए।

जसको प्र्रतिमा अनावरण कार्यक्रममा व्यापक प्रशंशा भएको थियो। कार्यक्रममा बाङ्मय शताव्दी पुरुष डा.सत्यमोहन जोशीको पनि अभिनन्दन गरिएको थियो।

प्रकाशन मिति–२०७६ साल कात्तिक २ गते शनिवार ।