काठमाडौं। कोरोनाको महामारी देखाएर सरकारले काठमाडौं उपत्यका लगायत देशभरका ७० भन्दा बढी जिल्लाहरु लकडाउनमा गरेको छ। सरकारले लकडाउन गरेको पनि दुई हप्ता वितिसकेको छ। कोरोना महामारी नियन्त्रणको नाममा लकडाउन गरेर चुपचाप बसेको सरकारले लकडाउनका कारण विपदमा परेका विपन्न बर्ग तथा मध्यम वर्ग कसैलाई पनि राहत दिने कुनै कार्य गरेको छैन्।

लकडाउन गर्न जानेको सरकारले राहत नदिएको वर्तमान अवस्थामा व्यक्ति विशेष तथा विभिन्न संघ–संस्थाले स्वतःस्फूर्त राहत दिने कार्य भैरहेको छ। यसक्रममा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाई तथा संयोजकत्वमा विभिन्न संघ–संस्थाको सहयोगमा राहत दिने कार्यमा विहीवार पनि निरन्तरता पाएको छ।

अघिल्लो दिन कीर्तिपुर पुगेर राहत सामाग्री वितरण गरेको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको टीमले विहीवार काठमाडौंको चावहिल महाँकाल तथा बौद्धका विपन्न वर्गका ५५ घरपरिवारलाई खाद्य सामाग्री तथा स्वास्थ्य सामाग्री राहतका रुपमा वितरण गरेका छन्।

त्यस्तै, भक्तपुरको सानोठिमीस्थित ओम बृद्धाश्रममा आश्रित ४० जना असहायहरुका लागि पनि राहत वितरण गर्ने कार्य भएको जानकारी हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले दिएका छन्। सहयोग वितरण गर्ने कार्यमा सामाजिक अभियन्ता इन्दिरा जोशी, राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाह लगायतको साथ र सहयोग रहेको पनि जनाइएको छ।

नेपाल आमाको आँशु पुछ्न जन्मेको हामी नेपाली ग्लोबलको लक्ष्य तथा उदेश्यनुरुप नेपाल आमालाई विपद पर्दा सक्दो सहयोग गर्ने कार्य गरेको पनि लामाले भनेका छन्।

प्रकाशन मिति–२०७८ साल बैशाख ३० गते विहीवार ।