काठमाडौं। मातृभूमि नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकाको न्यूयोर्कमा स्थापित हामी नेपाली ग्लोबलले कोरोनाको दोश्रो चरणको महामारीमा मातृभूमि नेपालमा विशेष राहत सहयोग गर्ने कार्य भएको छ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाई तथा संयोजकत्वमा विभिन्न संघ–संस्थाको सहभागितामा राहत सहयोग गर्ने कार्य भएको हो।

काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि हालसम्म जारी कोरोना महामारीको कारण जारी लकडाउनमा विपन्न तथा श्रमजीविहरुलाई राहत सहयोग गर्ने कार्य भएको र त्यसलाई निरन्तरता दिने कार्य भैरहेको जानकारी पनि केन्द्रिय अध्यक्ष लामाले भिजन संसार डटकमलाई दिएका छन्।

राष्ट्र सेवामा लागेका नेपाल प्रहरीलाई आवश्यक स्वास्थ सामाग्री वितरण गरेर राहत सहयोगको शुभारम्भ गरिएको कार्यक्रममा उपत्यकाका विभिन्न स्थानमा खाद्यान्न राहत सहयोग देखि खोला किनारमा रहेका भोकले पीडितहरुलाई निःशुल्क भोजन सेवा समेत जारी गरेर अतुलनीय कार्य गर्दैआएको छ।

यस कार्यमा हामी नेपाली ग्लोबलका विभिन्न देशका च्याप्टरहरुको सहयोग रहेको खुलासा केन्द्रिय अध्यक्ष लामाको रहेको छ। पछिल्लो सहयोग जर्मनका सहयोगी मनहरु रणवहादुर साउद, किरण सिंग्देल, करुणा तुलाधर राई र निनम्मा राईको सहयोग रहेको पनि केन्द्रिय अध्यक्ष लामाले दिल खोले भनेका छन्।


प्रकाशन मिति–२०७८ साल जेठ २१ गते शुक्रवार ।