काठमाडौं। विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ। डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको हो।

डव्लुएचओले नेपालको अलावा दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ। यसबाहेक अफ्रिकी केही देशहरु पनि सो सूचीमा परेका छन्। यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो।

नेपालमा अहिलेसम्म कसैलाई संक्रमण देखिएको छैन् । तर विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको यो भाइरस यदि नेपालमा फैलिए भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको हो।
प्रकाशन मिति–२०७६ साल फागुन १७ गते शनिवार ।