काठमाडौ। नेपालका डाक्टरहरुको तालुकदार संस्था नेपाल चिकित्सक संघले आन्दोलन गर्ने घोषणा गरेको छ। मुलुकी अपराध संहिता संशोधनमा सरकारले चासो नदिएको भन्दै संघले आईतबारदेखि आन्दोलन गर्ने घोषणा गरेको हो।

सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आन्दोलन गर्ने भनेको छ। आइतबार देशभरका अस्पताल लगायतका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।

यस्तै १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले बताएको छ।

भदौ २१ गतेदेखि आकस्मिक बाहेक ल्याब सेवा बन्द गर्ने र २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने संघले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ १६ गते शनिवार ।