Chamber Expo 4काठमाडौ। नेपाल चेम्वर अफ कमर्सव्दारा काठमाडौको भृकुटी मण्डमा नेपाल चेम्बर एक्स्पो २०१६ को विहीवारबाट आयोजना गरिएको छ। आइतवार चौथो दिनसम्म आइपुग्दा उक्त एक्स्पोमा नौहजारले अवलोकन गरिसकेको आयोजक नेपाल चेम्वर अफ कमर्सले जनाएको छ। एक्स्पोमा नेपाली परम्परागत पहिरन झल्कने सांस्कृति पहिचानका भव्य कार्यक्रमको पनि आयोजना गरिएको छ।

Chamber Expo 1

हरेक दिनजसो विभिन्न दलका नेताहरुको आगमनले पनि एक्स्पोको महत्व र गरिमालाई उँचा बनाउने कार्य भैरहेको आयोजकको भनाई रहेको छ। आइतवार पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउप–प्रधानमन्त्री सुजाता कोइराला, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल लगायतले एक्स्पोको अवलोकन भ्रमण गरेका थिए।

Chamber Expo 2

एक्स्पोमा २ सय ५० वटा स्टलमा १ सय १० राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यवसायीहरुको सहभागिता रहेका छन्। पार्टनर कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ। एक्स्पो पौष २७ गते सोमवारसम्म मात्र संचालन हुने जानकारी पनि नेपाल चेम्वर अफ कमर्सले दिएको छ।

Chamber Expo 3प्रकाशन मिति–२०७२ साल पुष २६ गते आइतवार ।