kamini-raj-bhandariकाठमाडौ। नेपाल टेलिकमको प्रवन्ध–निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन्।

विहीवार नेपाल सरकार मन्त्रीपरिषदको बैठकले राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारी संञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले सिफारिस गरेको तीन जना प्रतिस्पर्धीमध्येबाट छानिएकी हुन्। समितिले सुनिल पोखरेल, मदन खरेल र कामिनी राजभण्डारीको नाम सिफारिस गरेको थियो।
प्रकाशन मिति–२०७३ साल असोज ६ गते विहीवार ।