Nepal_Telecom

काठमाडौ। नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुंदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ।

यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भैसकेको मंगलवार सार्वजनिक गरिएको छ । नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा चाँडै लोन रकम उपलब्ध गरिने व्यवस्था हुने छन्।

सो सुविधा प्रयोग गरेबापत थप कुनै ‘चार्ज’ वा ब्याज नलिई उपभोक्तालाई लोन (ऋण) उपलब्ध हुने र रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ । यो सेवा नेपाल टेलिकमको प्रतिस्पर्धी सेवादायक कंपनी एनसेलले बर्षौ अगाडि देखि संचालन गर्दैआएको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र १५ गते मंगलवार ।