Sachin Roka

काठमाडौ। नेपाल सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक पदमा सचिन रोका नामले ख्याति कमाएका वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको हो।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गरेका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गरेका थिए।

वि.सं २०५४ सालदेखि विभिन्न सञ्चार माध्यममा सम्बाददाताको रुपमा कार्य गर्दै आएका रोकाले वि.सं. २०६३ सालमा रेडियो नेपालको समाचारमूलक कार्यक्रम घटना र विचारको संयोजक भएर काम गरेका थिए।

नेपाल एफएममा समाचार प्रमुखको रुपमा पाँच वर्ष सेवा गरेका रोकाले मैत्री एफएममा प्रबन्ध निर्देशक भएर समेत केही बर्ष काम गरेका थिए। रेडियो रानी भेरी एफमको अध्यक्ष भई २०५७ देखि हालसम्म सेवा पुर्याउंदै आएका छन्।

यस्तै प्रदेश एफम एम सुर्खेतको अध्यक्ष, एबिसी टेलिभिजनमा समाचार सम्पादकको रुपमा समेत काम गरिसकेका प्रभावशाली तथा अत्यन्त अनुभवी संचारकर्मीका रुपमा रोकालाई लिइने गरेको छ।

Sachin Roka.1प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।