काठमाडौ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूहले दिनदहाडै गोली हानी हत्या गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन

सोमबार दिउँसो काठमाडौंको नयाँबानेश्वर, खरिबोटस्थित घरबाट निस्कनेक्रममा गाडीमा रहेका गौचनमाथि अज्ञात व्यक्तिले गोली हानेका थिए। चढेको गाडीको अगाडिबाट उनीमाथि तीनओटा गोली हानिएको थियो ।

एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यसैवीच अन्नपूर्णपोष्टले जनाएअनुसार निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका छिरिङ तामाङ,सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बौद्ध जोरपाटीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको हो ।
प्रकाशन मिति–२०७४ साल असोज २३ गते सोमवार ।