काठमाडौ। नेपाल परम्परागत बौद्ध धर्म संघ, कान्तिपुर शाखाको ९औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन संपन्न भएको छ। संस्थाको कार्यालय गुणाकर महाविहार, ज्याठा, छुस्याबहालमा अधिबेशन भएको हो।

संस्थापक अध्यक्ष रेबरत्न बज्राचार्यको सभापतित्वमा भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.नरेशमान बज्राचार्य, अध्यक्ष, ने.प.बौ.ध.सं. केन्द्रिय कार्यालयबाट गुणाकर महाविहारमा क्वाःपाद्योकहाँ दीप प्रज्वलन गर्दै शुरु भएको थियो। संस्थाको उपाध्यक्ष तिर्थ रत्न शाक्यबाट उपस्थित आमन्त्रित वर्ग एवं सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्दै स्वागत भाषण गरेका थिए।

सचिव मञ्जुश्री रत्न बज्राचार्यबाट वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सप्तमान बज्राचार्यबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै गरी आमन्त्रित केन्द्रिय कार्यालय, ललितपूर उपाध्यक्ष माणिक रत्न शाक्य र शाखा कार्यालयहरु कीर्तिपूर, भक्तपूरका अतिथिहरुबाट स्वागत मन्तब्य दिएका थिए। कार्यक्रममा ३ वर्ष कार्यकाल पूरा गरेका २८ जना निवर्तमान पदाधिकारीहरुलाई कदर-पत्र प्रदान गरेर सम्मान गरिएको थियो।

दोश्रो सत्रमा १३ सदस्यीय नयाँ कार्य समितिको प्रजातान्त्रिक ढंगवाट निर्वाचनवाट गठन गरिएको थियो। रेमरत्न बज्राचार्य अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो। नयाँ कार्य समितिमा भीम रत्न बज्राचार्य–सचिव,दयानन्द शाक्य–कोषाध्यक्ष,धर्मराज बज्राचार्य-सहसचिव,दशरत्न बज्राचार्य-सहकोषाध्यक्ष रहेका छन्।

त्यसैगरेर, कार्य समिति सदस्यहरुमा रबिन्द्रमान जोशी,बसन्त हर्ष बज्राचार्य,सरला बज्राचार्य,उर्मिला ताम्राकार,केशरी शाक्य, कमल शोभा श्रेष्ठाचार्य, सजन रत्न बज्राचार्य र संगीता शाक्य रहेका छन्।

प्रकाशन मिति–२०७४ साल फागुन १६ गते बुधवार ।