काठमाडौ। नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्रका आईजीपी सिंहबहादुर श्रेष्ठ ३० वर्षे सेवा अवधिका कारण अवकाश बुधवारवाट अवकाश प्राप्त गर्ने भएपछि त्यसको पूर्वसध्यमा नेपाल सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नयाँ नियुक्ति गरेको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ। नेपाल प्रहरीको महानिरीक्षक पदको दौडमा रहेका रमेश खनाल र पुष्कर कार्कीलाई पछि पार्दै सर्वेन्द्र खनाल आईजीपी बनेका हुन्।

खनाल गुण्डागर्दीविरुद्धको अपरेशन पर्नेमा चर्चित छन्। अनुसन्धानमा अब्बल अधिकृतका रुपमा खनाल चिनिन्छन्। काठमाडौं प्रहरी प्रमुख, धनुषा प्रहरी प्रमुख हुँदै अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल वरियताक्रममा समेत एक नम्बरमा थिए ।

उता सशस्त्र प्रहरीमा भने शैलेन्द्र खनाल र पुष्कर केसी प्रतिस्पर्धामा थिए। केसीलाई पछि पार्दै खनालले सशस्त्रको आईजीपीमा बाजी मारेका हुन्।
प्रकाशन मिति–२०७४ साल चैत्र २७ गते मंगलवार ।