Nepal Bandaकाठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओावदीले आव्हान गरेको बन्दको कारण काठमाडौ उपत्यकाको जन–जीवनमा सामान्य प्रभाव परेको छ। काठमाडौमा पानी परेको पर्यै भएकोले पनि खासै बन्दजस्तो देखिएको छैन्। भनेजस्तो सवारी साधन नपाउंदा भने सर्वसाधारण मर्कामा परेका छन्।

बन्दकर्ताले काठमाडौको मीनभवन र गोङ्गबुमा दुईवटा ट्याक्सीमा आगजनी गरी क्षति पुर्याएका छन्। मीनभवनमा बा१ज ५१६२ नंको ट्याक्सीमा बिहान ३ः४५ बजे पेट्रोल छर्केर आगजनी गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ। त्यस्तै बन्दकर्ताले गोङ्गबुमा बा१ज २८६ नंको ट्याक्सीमा आगजनी गरेका छन्। दुवै ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

Taxi Ma Agajaniराजधानीमा सार्वजनिक सवारीसाधन कम चले पनि निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साझा यातायात, कान्तिपुर यातायात, माइक्रो, टेम्पोलगायतका सवारी साधन बिनाअवरोध सञ्चालन भइरहेका छन्। सर्लाहीको सागरनाथमा सुकुम्बासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण शिक्षण संस्थासमेत बन्द भएका छन्।

जबर्जस्ती बन्द गराउँदै हिँडेका ६५ कार्यकर्ता पक्राउ परेका छन्। उपत्यकामा ३५ सहित उपत्यका बाहिरका गरी जम्मा ६५ जना कार्यकर्ता पक्राउ परेको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले राससलाई बताएका छन्।
प्रकाशन मिति–२०७३ साल साउन १० गते सोमवार ।