काठमाडौं। बालबालिकाको संरक्षणमा दशकौ देखि क्रियाशील संस्था नेपाल बाल संगठनवाटै बालबालिका बेचबिखन हुने खुलासा भएको छ। प्रहरीले नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोललाई पक्रेपछि यसको खुलासा भएको हो। प्रहरीले नेपाल बाल संगठनका प्रमुख डंगोललाई मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले पक्रेको हो।

Photo By-Image Khabar

बुधवार विहान पक्राउ गरिएका नेपाल बाल संगठनका प्रमुख डंगोललाई प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाँच दिनको समय पाएको छ। बेलायती नागरिक डोना स्मिथले एक बालकलाई नेपालबाहिर बेलायत लैजान लाग्दै गर्दा प्रहरीले उनलाई पक्रेको थियो।

बेलायती नागरिक डोना स्मिथले बयानमा आफूले नेपाल बाल संगठनबाट बच्चा लिएको बताएपछि नेपाल बाल संगठनका प्रमुख डंगोललाई पक्राउ गरिएको इमेज खवरका गृष्मा राजभण्डारीको रिपोर्टमा उल्लेख रहेको छ।

त्यसको लागि नेपाल बाल संगठनका प्रमुख डंगोलले बेलायती नागरिकवाट मोटो रकम लिएर बच्चा दिएको अनुसन्धानवाट खुलेको छ। विभिन्न कारणले बाबु–आमाबाट बिछोडिएका ९१ जना अनाथ बालबालिका नेपाल बाल संगठनमा आश्रित रहेका छन्।
प्रकाशन मिति–२०७६ साल साउन २९ गते बुधवार।