इजरायल। नेपाल सरकार तथा इजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्बन्धी सम्झौता भएको छ।इजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा यस संवन्धमा संझौतापत्रमा हस्ताक्षर भएको हो।

उक्त सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य तथा इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्री H.E. Mr. Gabi Ashkenaziले हस्ताक्षर गरेका थिए।

यसबाट अब उप्रान्त कुनै एक राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्म बस्नका लागि प्रवेशाज्ञा लिनु नपर्ने भएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र ४ गते विहीवार ।