kp-oli-in-soaltee-3

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र जापानबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध आगामी दिनहरुमा अझ प्रगाढ र घनिष्ट बन्ने विश्वास व्यक्त गरेका छन्। नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको अवसरमा हीरक महोत्सव मनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय सरोकार केन्द्रद्वारा सोमबार काठमाडौको सोल्टी क्राउन प्लाजामा आयोजित नेपाल—जापान सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो विचार व्यक्त गरेका हुन्।

dav

जापानले नेपालको सामाजिक,आर्थिक,सांस्कृतिक,प्राविधिक लगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको स्मरण गर्दै अध्यक्ष ओलीले नेपालको परिवर्तित राजनीतिक सन्दर्भमा समग्र विकासका लागि आगामी दिनहरुमा जापानबाट थप सहयोगको अपेक्षा गरिएको भनेका छन्।

dav

कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले नेपालको समग्र विकासमा जापानले सक्दो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनहरुमा थप सहयोग गर्ने बताए । उनले यो छ दशकको अवधिमा नेपाल र जापानबीचको सम्बन्ध सरकारीस्तरमामात्र सीमित नभई जनस्तरमासमेत विस्तार हुन सकेकोमा सन्तोष व्यक्त गरे ।

kp-oli-in-soaltee-6

कार्यक्रममा जाइकाका नेपाल प्रमुख जुन साकुमाले नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षको अवधिमा जापानले नेपाललाई विविध क्षेत्रमा गर्दै आएको सहयोग र भावी कार्यक्रम सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस कार्यपत्रमाथि जापानका लागि पूर्वनेपाली राजदूत प्रा. केदारभक्त माथेमा, परराष्ट्र सल्लाहकार डा. मदनकुमार भट्टराई र नेपालका लागि जापानका राजदूत माशासी ओगावाले टिप्पणी गरेका थिए।

kp-oli-in-soaltee-4

अन्तर्राष्ट्रिय सरोकार केन्द्रका अध्यक्ष डा. अन्जान शाक्यको सभापतित्वमा भएको सो कार्यक्रममा अध्यक्ष शाक्यले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष भएको सन्दर्भमा दुई देशबीचका विविध पक्षमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको भनेकी छन्।

Dr. Anjan Shakya
Dr. Anjan Shakya

डा.शाक्यले नेपालको प्रमख सहयोग दाता जापानबाट आगामी दिनमा नेपालको पर्यटन तथा पूर्वाधार क्षेत्रको विकासमा जापानबाट प्रचूर सहयोगको अपेक्षा र आशा गरिएको बताइन्। अध्यक्ष डा. शाक्यले विविध संस्कृति र परम्पराले युक्त दुवै मुलुकका जनतामासमेत एकअर्काप्रति अगाध आस्था र विश्वास रहेकोले यसले सम्बन्ध झन् सुमधुर भएको स्पष्ट पारेकी थिइन्।

समृद्ध,शान्त,मिहिनेती, इमानदारीको उदाहरण समृद्ध जापानबाट नेपालले धेरै कुरा सिक्नुपर्ने खाँचो औल्याउँदै अध्यक्ष डा. शाक्यले नेपालको कृषि,सडक तथा स्वास्थ्य क्षेत्रमा पनि जापानको सहयोग उदाहरणीय रहेको भन्न चुकिनन्।
प्रकाशन मिति–२०७३ साल असोज १० गते सोमवार ।