काठमाडौं। धर्म, भाषा, जाति तथा राजनीतिभन्दा माथि उठेर स्थापना भएको विश्वव्यापी नेपाली संस्था हामी नेपाली ग्लोबलले नेपाल र नेपालीको हितकारी सोच ल्याएको छ। विशेषत नेपालमा रहेका नेपालीहरुको लागि लक्षित गरेर हितकारी नयाँ सोचको विकास गर्ने कार्य भएको हो।

त्यस हितकारी नयाँ सोच नेपालमा लागू गरेर नेपालमा नै नेपालीहरुलाई आत्मनिर्भर गर्ने योजनाको विकास पनि गरिने जानकारी हामी नेपाली ग्लोबलका ग्लोबल अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई दिएका छन्। अध्यक्ष लामाको हितकारी नयाँ सोच अनुसार, नेपालमा रहेका नेपालीहरुको लागि हितकारी सोचको विकास गरेर नेपालमा नै आत्मनिर्भर रहने कार्य योजनाहरु रहेका छन्।

जसअनुसार, अर्गानिक कृषि उत्पादनको विकास र त्यसको बजारिकरण तथा पशुपालन जस्ता कुराहरुमा जोड दिने,  आत्मनिर्भर बनाउने तथा बृति विकास गराउने सिपमूलक तालिमको संचालन गर्ने, महाभूकम्पको कारण जीर्ण बनेका घर भत्काउन दिनेहरुलाई भत्काएवापत उल्टो घरधनीहरुलाई पैसा दिने योजना लगायत छन्।

त्यसको अलावा नकुहिने फोहर किन्ने र त्यो फोहरवाट मोहर बनाउने जस्ता थुप्रै चमत्कारिक हितकारी नयाँ सोच र योजना ल्याउन आफू हाल क्रियाशील भैरहेको जानकारी पनि अध्यक्ष लामाले दिएका छन्। त्यसका लागि ४० भन्दा बढी देशमा रहेका हामी नेपाली ग्लोबलका पदाधिकारीहरुलाई परिचालन गर्ने योजनामा आफू रहेको पनि अध्यक्ष लामाको भनाई रहेको छ।

प्रकाशन मिति–२०७६ साल बैशाख २६ गते विहीवार ।