Tuyumati 1काठमाडौ। नेपालभाषा संकिपा समाजको आयोजनामा बृहत रुपमा भैरहेको नेपालभाषा फिल्म फेस्टिबलमा बहुप्रतिक्षित चलचित्र तुयुमती प्रदर्शन भएको छ। बेलायतका विभिन्न स्थानमा नेपालभाषा र नेपाली भाषामा प्रदर्शन भएर बेग्लै कीर्तिमान कायम गर्न सफल चलचित्र तुयुमती नेपालमा शनिवार पहिलोपल्ट नेपालभाषा फिल्म फेस्टिबलमा प्रदर्शन भएको हो।

नेपाल र बेलायतको कथामा आधारित चलचित्र तुयुमतीलाई फेस्टिबलको तीनै–शो हेर्ने दर्शकहरुले अत्यन्त रुचाएको चलचित्र तुयुमतीका नायक तथा निर्माता मनिषकुमार श्रेष्ठले बताएका छन्। चलचित्र तुयुमती रिलिजको लागि दुई हप्ताको छुट्टी लिएर बेलायतवाट आएका नेपालमा चलचित्र तुयुमतीले पाएको व्यापक रेस्पोन्सले निक्कै हौसिएको पनि श्रेष्ठ भन्छन्।

sanam Tuyumati Manish 5काठमाडौका थानकोट, कीर्तिपुर लगायतका स्थानमा पनि चलचित्र तुयुमती रिलिज हुने भएको छ। बागबजारस्थित सिटीम्याक्स हलमा आउने शुक्रबार अर्थात साउन २८ गते चलचित्र तुयुमती नेपाली भाषामा प्रदर्शन हुने जानकारी पनि श्रेष्ठले दिएका छन्। चलचित्र तुयुमतीको निर्देशक आर्यम नकर्मीको रहेको छ।

चलचित्र तुयुमतीमा नायक श्रेष्ठको साथमा अर्णेश्वरी सिल्पकार, मदनकृष्ण श्रेष्ठ, राजाराम पौड्याल, धीरेन शाक्य, सविन शाक्य चाकुचा, हृद्यप्रसाद मिश्र, राजमती हिसिला महर्जन, मणिराज लवट, राजेन्द्र खड्गी लगायतका मल्टीस्टारहरुको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७३ साल साउन २२ गते शनिवार ।