काठमाडौं। नेपालभाषामा एक पछि अर्को गीतका भिडियो निर्माण तथा निर्देशन गरेर तहल्का मच्चाउंदैआएका अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको नयाँ गीतको भिडियो रिलिज भएको छ।

कोरोनाभाइरसका कारण नेपाल लक–डाउन भएको दिन पारेर निर्देशक जोशीको नयाँ गीतको भिडियो रिलिज भएको हो। जसमा सुधिर ख्वबीको शव्द तथा अनिल तुलाधरको संगीत रहेको छ। गायन उर्मिला तुलाधरको रहेको छ।

लुमन्ति बोलको उक्त गीतको भिडियोमा रिलिना, सविर र मनिकाको फिचरिङ रहेको छ। छायाँकन राजेश शाक्यले गरेका छन्।
प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार ।