काठमाडौं । नेपाल वायु सेवा निगमले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणवाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र(एओसी)पाएको छ। निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमले जनाएको छ।

निगमले करीब आठ महिनाअघि भिन्न मितिमा दुई वाइड बडी जहाज खरीद गरेको थियो। हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ।

नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप प्राधिकरणले निगमलाई एओसी दिएको हो।
प्रकाशन मिति–२०७५ साल माघ १९ गते शनिवार ।