nepal-sambat

–श्याम स्मृत
काठमाडौ। नेपाल संवत नयाँ बर्ष ११३७ आजवाट प्रारम्भ भएको छ। विशेषत नेवारहरुको मात्र नयाँ बर्षको रुपमा मानिदै आएको नेपाल संवत नेपालकै राष्ट्रिय संवत भएको र यसैको आधारमा तिथिमिति तय हुने लगायत जन्म–मृत्यु संस्कार लगायतका कार्य हुने संवत भएकोले यसलाई केवल नेवारहरुको मात्र संवत भनेर संकुचित पारिनु र पार्न लगाउनु न्यायोचित नभएको तर्क गरिएको छ।

Shankhadhar Sakhwa-Promoter of Nepal Sambat Nepal Era in Nepal.
Shankhadhar Sakhwa-Promoter of Nepal Sambat Nepal Era in Nepal.

आजभन्दा आठ बर्ष अगाडि नेपाल संवतका प्रवद्र्धक शंखधर सख्वालाई राष्ट्रिय विभुति घोषणा गरिसकेको अवस्थामा आठ बर्ष वितिसक्दा पनि यस संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता व्यवहारमा नेपाल सरकारले खासै दिएको पाइएको छैन्। शंखधर सख्वालाई राष्ट्रिय विभुति घोषण गर्ने त्यो दिनको प्रधानमन्त्री पुष्पकमल दाहाल आजको दिनमा पनि रहेको अवस्थामा दाहालवाट राष्ट्रिय घोषणा गरिने आज सवैले अपेक्षा गरेका थिए।

Prime Minister Puspa Kamal Dahal in inaguration progm Nepal Sambat New Year 1137.
Prime Minister Puspa Kamal Dahal in inaguration progm Nepal Sambat New Year 1137.

विडम्वना प्रधानमन्त्री दाहालले काठमाडौको बस्न्तपुरमा आयोजित भिन्तुना सभामा नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन र यस संवतका प्रवद्र्धक शंखधर सख्वाको नाममा संग्रहालय बनाउन पहल गर्ने मात्र बताएर पन्छिएको अवस्था रहेको छ। केवल पहल गर्ने आश्वासन दिएर व्यवहारमा लागु नगर्ने नेपाल सरकारको पुरानै नीति र संस्कारलाई नेपाली जनताले राम्ररी बुझिसकेको छ।

Dancing mood of Happy New Year 1137 in Kathmandu Basantapur.
Dancing mood of Happy New Year 1137 in Kathmandu Basantapur.

नेपाल संवतलाई व्यवहारमा प्रयोग गर्न र गराउन नेपाल सरकारलाई कहाँनेर कठिनाई छ भन्ने कुरा विज्ञहरुले बुझ्नुपर्ने आवश्यकता भैसकेको छ। त्यसतर्फ नेपाल संवतका आयोजक तथा प्रवद्र्धकहरु बर्षको एक दिन मात्र कुर्लेर बाँकी ३ सय ६४ दिन मौन बस्ने परम्पराले नेपाल संवत राष्ट्रिय संवत बनाउन सकिने अवस्था भने संभव नहोला।

Nepal Sambat where is Rastriya Sambat ???
Nepal Sambat where is Rastriya Sambat ???

यसलाई कति नेताहरुले राजनीतिक मुद्दा बनाएर काठमाडौका जनताको भोट लिने माध्यमको रुपमा लिए। ती नेताहरु काठमाडौका जनताको भोटवाट सत्तामा पुग्दापनि खासै यस संवतका संवन्धमा खासै कायन्वयन गर्ने कुरामा मौन बस्न पुग्नुको पछाडि रहस्य के होला भन्ने कुरा अनुत्तरित प्रश्न नै भएको छ। यो अनुत्तरित प्रश्न हरेक बर्ष आउने नेपाल संवत नयाँ बर्षको दिन आउने गरेको छ। निकास भने पाउन सकेको छैन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक १५ गते सोमवार । नेपाल संवत ११३७ कछला पारु।