pm-dahalकाठमाडौ। नेपाल सरकारले गत बर्ष बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पवाट पीडितहरुको सहयोगका लागि ८ लाख रुपैयाँसम्म सहयोग गर्ने भएको छ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार व्यवस्थापिका संसदमार्फत राष्ट्रको नाममा संवोधन गर्दै नेपाल सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसमम सहयोग गर्ने घोषणा गरेका छन्।

दाहालले तीन लाख रुपैया अनुदान दिइने र बाँकी रकम सामूहिक जमानीमा निव्र्याजी तथा सहुलियतपूर्ण व्याजमा ऋण उपलव्ध गराउने व्यवस्था मिलाइएको बताएका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २३ गते विहीवार ।