Ramesh Maharjan 1काठमाडौं । नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा चर्चित सुन–चाँदी व्यवसायी रमेश महर्जन सर्वसम्मत रुपमा चुनिएका छन्। महासंघको चौथो वार्षिक साधारण सभा एवं दोश्रो राष्ट्रिय सम्मेलनले महर्जन अध्यक्षमा चुनिएको हो ।

विशिष्ट सदस्यमा सुरेशमान श्रेष्ठ, प्रथम उपाध्यक्षमा रुद्र बहादुर बराइली, द्घितीय उपाध्यक्षमा महेशमान श्रेष्ठ, तृतिय उपाध्यक्षमा अमरनाथ गुप्ता र महासचिवमा कृष्णलाल महर्जन चयन भएको छ। कार्यसमितिको सचिवमा राजमान सुनार र किसान सुनार, कोषाध्यक्षमा द्घारिका विश्वकर्मा, सहकोषाध्यक्ष जयराम पाण्डे सहित अन्य १६ सदस्य रहेका छन्।

Ramesh Maharjan 2

महासंघको राष्ट्रिय सम्मेलनले सुनको आपूर्ति एवं वितरणलाई प्रादेशिक रुपमा विकेन्द्रित गरिनु पर्ने, बहुमूल्य गहनाको उत्पादन, कारोबार तथा नियमनलाई निश्चित मापदण्ड अन्तर्गत ल्याउन अविलम्ब निर्देशिका जारी हुनुपर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र ६ गते आइतवार ।